मातातीर्थ औंसी ( Matatirtha Aunshi)

Thursday, 20 April 2023 - 8:00pm to 9:00pm

मातातीर्थ औंसी ( Matatirtha Aunshi ) 

This program is dedicated to all Mothers.

आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।

आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले आमालाई लुगा दिने र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

Thursday 9:00pm to 10:00pm
Nepali music, news and current affairs from home, plus community announcements and discussion.

Presenter

Nepalese Association of Victoria

Topic